गत साता प्रदर्शनमा आएको चलचित्र ‘फाटेको जुत्ता’को सिक्वेल बन्ने भएको छ । बिहीबार काठमाडौँमा आयोजना गरिएको फाटेको जुत्ताको सक्सेस पार्टीमा निर्माता अर्जुन कुमारले फाटेको जुत्ता बन्ने घोषणागरेका हुन् । निर्माता कुमारको अनुसार चलचित्रलाई निकेश खड्काले निर्देशन गर्ने छन् भने अभिनेता सौगात मल्ल नै मुख्य भूमिकामा हुने छन् ।

 

निर्देशक र अभिनेता दोहोरिए पनि चलचित्रमा नायिका भने नदोहोरिने निर्माता कुमारले बताए । फाटेको जुत्तामा मुख्य भूमिकामा प्रियंका कार्की थिइन् । प्रियंकाले प्रमोसनमा निर्माण पक्षले मागेको समय नदिएको निर्माता कुमार बताउँदै आएका थिए । यता प्रमोसनको समयमा प्रियंका मुम्बई गएको कारण पनि अर्जुन रिसाएका थिए । फाटेको जुत्ता २  घोषणामा बोल्दै ‘सबै टिम पुरानो तर नायिका मात्र नयाँ हुने’ बताएका छन् । यसबाट प्रस्ट हुन्छ अर्जुन र प्रियंका बिच सम्बन्ध राम्रो छैन । अझ कार्यक्रम सक्किसके पश्चात् अर्जुनले केही व्यक्तिसँग भन्दै थिए ‘प्रियंका आउछु भनेको कारण कार्यक्रम ढिलो सुरु गरेको थिए ।’ शत्रु गते चलचित्रको छायाँकनमा व्यस्त रहेकी प्रियंका सक्सेस पार्टीमा भने पुग्न सकिनन् । 
अर्जुनका अनुसार फाटेको जुत्ता २ को कथा लेखक बुद्धि सागरले लेख्दै छन् । चलचित्र ०७५ सालको वैशाख १ गते जसरी पनि रिलिज गर्न अर्जुनले बताए ।