हास्य टेलिशृंखला ‘सक्किगोनि’ निर्माण टिमको फिल्म ‘लाज शरणम्’को दोश्रो गीत सार्वजनिक गरिएको छ । बालेनकै शब्द आवाज र् कम्पोजमा गीत 'नेपाल हासेको' रिलिज भएको हो l गीतमा फिल्मका कलाकारहरु चित्रित छन् lफिल्म महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शन हुँदैछ । सिनेमालाई कुमार कट्टेल (जिग्री ब्रो)ले निर्देशन गरेका हुन् । सिनेमामा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकारको अभिनय छ ।

 

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने छन् । सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह-निर्माताको रूपमा रहेका छन् । फिल्मलाई सुदीप बरालले छायांकन गरेका हुन् । फिल्मको विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेसनलले किनेको छ । नेपालमा भने फिल्मलाई ब्यांकटेस इन्टरटेनमेन्टले वितरण गर्नेछ ।