फुवाङ तामाङको आवाजमा म्युजिक भिडियो "बहिनी" रिलिज भएको छ l गीतको शब्द गायक फुवाङ र सन्दीप मगरको रहेको छ l साथै कन्सेप्ट सन्दीपको कम्पोज गायक तामाङको नै रहेको छ l भिडियोमा उमेश सुनाम, घनु जोशी, प्रशंसा सिवाकोटी, पूर्ण बहादुर गन्धर्व सङ्गीता शर्मा ओझाको अभिनय देख्न सकिन्छ l

भिडियोलाई सन्दीपले निर्देशन गरेका हुन् l सन्देश खड्काको छायाङ्कन रहेको भिडियोलाई मदन राईले सम्पादन तथा रङ संयोजन गरेका छन् l भिडियोलाई निर्देशक सन्दीप मगरको अफिसियल युट्युब च्यानल मार्फत हेर्न सकिन्छ l