सफल फिल्म ‘झिंगेदाउ’ को  सिक्वेल बन्ने भएको छ l सोमबार संगीतकार अर्जुन पोखरेललाई संगीत निर्माणको जिम्मेवारी दिँदै ‘झिँगेदाउ २’को प्रि-प्रोडक्सनको शुभारम्भ भएको हो lफिल्मको सिक्वेलमा समेत अभिनेत्रीद्धय केकी अधिकार, आँचल शर्मा र अभिनेताद्धय मुकुन भुषाल, कुशल बिष्ट नै दोहोरिने छन् । त्यसका साथमा एक अभिनेता र एक अभिनेत्री थप हुने समेत हुने छन् । फिल्मको पहिलो भागको अन्त्य जहाँ गरिएको थियो, सोही बिन्दुबाट सिक्वेलको कथाको उठान गरिने निर्माता समेत रहेका निर्देशक देउजाले बताए ।कपनगढी सिनेमा प्रालीको व्यानरमा निर्माण हुने चलचित्रको निर्मातामा सुलभ प्रतिक देउजा र समीक्षा देउजा रहनेछन् । बैशाख दोस्रो हप्ताबाट फ्लोरमा निस्कने तयारीमा रहेको फिल्ममा बिष्णु कल्पितको छायांकन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्धन्द्व निर्देशक र मित्र डि गुरुङको सम्पादन रहनेछ । फिल्म २०८२ सालभित्र नै प्रदर्शन गर्ने तयारी निर्माण टिमको छ ।