फिल्म ‘दुःखी आत्मा’ का सार्वजनिक प्रचार सामग्रीमा ‘एडल्ट ड्रामा’ उल्लेख गरिएको छ। फिल्मले सेन्सर बोर्डबाट ‘पीजी सर्टिफिकेट’ पाएको छ।अव फिल्म हेर्नका लागी १६ बर्ष मुनिका दर्शकका लागी अभिभावकको साथ चाहिनेछ। मंगलबार गरिएको सेन्सरमा बोर्डले कुनै पनि दृश्य तथा संवाद काँटछाँट नगरी ‘पीजी सर्टिफिकेट’ दिएको निर्देशक दीपेन्द्र लामाले जानकारी दिएका छन्।फिल्ममा दयाहाङ राई र आँचल शर्मा साथमा अनुपविक्रम शाही, बुद्दि तामाङ, रेअर राई, कविता आले, पुष्कर गुरुङ, लोकेन्द्र लेखक, दीया मास्के, आशान्त शर्मा, लुनिभा तुलाधर, शिशिर वाङ्देल लगायतको अभिनय रहेको छ । हिमाल कडरियाले निर्माण गरेको फिल्म फागुन २ गतेबाट रिलिज हुँदैछ। फिल्मको कार्यकारी निर्माता सुदिप ढकाल हुन्।