फिल्म ‘कर्मा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक गरेको दुईवटा पोस्टरमा फिल्मका मुख्य अभिनेता विपिन कार्की चित्रित छन् । हातमा सर्ट गन बोकेका उनको अनुहारमा रिसको आवेग छ । फिल्ममा विपिन एक्सन भूमिकामा प्रस्तुत छन् । पोस्टरबाट पनि यो पुष्टि हुन्छ । उनले पहिलो पटक एक्सन भूमिकामा काम गरेका हुन् । पोस्टर हेर्दा उनले शारीरिक रुपमा पनि मिहिनेत गरेको देखिन्छ । उनी फिट देखिएका छन् । ‘अगस्त्य’बाट चर्चामा आएका सौरभ चौधरीको निर्देशनमा तयार भएको फिल्ममा उनको जोडी उपासना सिंह ठकुरी बनेकी छन् । उनीहरुको यो पहिलो सहकार्य हो ।एक्सन जनरामा निर्माण भएको फिल्ममा निर्देशक चौधरी स्वयंको कथा लेखन छ । आर्टिस्टिक इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा वसन्त लम्सालको लगानी छ । सौरभ लामाले फिल्म खिचेका हुन् ।नयाँ वर्षको छेको पारेर आगामी चैत २९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्ममा मुकुन भुसाल, दिव्यदेव पन्त लगायतको पनि अभिनय छ । यसमा मुकुन नकारात्मक भूमिकामा छन् ।