फिल्म ‘सोल्टिनी’को छायांकन पूरा भएको छ । इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुर गाउँका दृश्यहरू कैद गर्दै ३६ दिनमा फिल्म प्याकअप भएको हो l  मंगलबार साँझ भोजपुरको अन्नपूर्ण गाउँमा फिल्मको अन्तिम दृश्य खिचिएको थियो l अर्जुन सुवेदीको निर्देशन रहेको फिल्ममा प्रकाश सपुत र परीक्षा लिम्बुसहित विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा लगायतको अभिनय छ । प्रकाशले ‘भीमसेन पोखरेल’ र परीक्षाले ‘दिलासा राई’को भूमिका निभाएका छन् । उनीहरुबीचको अन्तरजातीय प्रेमकथामा फिल्म आधारित छ ।सुशन प्रजापतिको छायांकन रहेको फिल्ममा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको संगीत छ । आगामी असोज ३ गते (संविधान दिवस)लाई प्रदर्शन मिति घोषणा भइसकेको फिल्मका निर्माताहरु रेजिना बिस्ट र संसार चौलागाईँ हुन् । फिल्मले नेपाली समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावविरुद्ध सशक्त रुपमा आवाज उठाउँदै दुई प्रमुख पात्रबीचको प्रेमकथा भन्ने जनाइएको छ ।अर्जुनले यसअघि फिल्म ‘रंगेली’ निर्देशन गरेका थिए ।