फिल्म ‘दुखी आत्मा’को बूकिङ खुल्ला गरिएको छ । यो फिल्मको देशका अधिकांश मल्टिप्लेक्सले बूकिङ खुलाएका छन् ।फिल्मलाई क्यूएफएक्स चेनले उपत्यकाका हलमा २४ शोज दिएको छ । यस्तै, बीग मुभिजले ३ शोज, वान सिनेमाज् नयाँ बाँनेश्वरमा ५ शोज, कालिमाटीमा ४ शोज, एफक्यूब सिनेमाज्मा ५ शोज, आइएनआई नयाँ बाँनेश्वरमा ४ शोज मिलेको छ ।दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मप्रति प्रदर्शकहरु पनि आशावादी देखिएका छन् ।हिमाल कडरियाको निर्माणमा सुदिप ढकाल कार्यकारी निर्माता रहेको यो फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ लगायतका कलाकारहरुको अभिनय छ l फिल्म भोलीबाट रिलिजमा आउने भएको हो l