फिल्म ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा अभिनेता सुरज सिंह ठकुरीलाई देखाइएको छ । फिल्ममा उनी ‘काल’ पात्रको चरित्रमा रहेको पोस्टरमा उल्लेख छ । डरलाग्दो लुक्समा देखिएका उनलाई चिन्न समेत मुस्किल पर्छ । यसअघि फिल्मका तीन शीर्ष कलाकार प्रदीप खड्का, विजय लामा र कविता नेपालीको क्यारेक्टर लुक्स सार्वजनिक भइसकेको छ । फिल्ममा प्रदीप कल्की पात्रको चरित्रमा छन् । यसमा सुनील थापा, दीया पुन, बेनिशा हमाल, दिनेश डिसी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री, बेलायती अभिनेता जेमी बेकन, बाल कलाकार जेमिन श्रेष्ठ लगायतको पनि अभिनय छ ।फिल्मको हाल लण्डनमा पोस्ट प्रोडक्सनको काम भइरहेको छ । फिल्मको सम्पूर्ण कार्य सकिएपछि प्रदर्शन मिति तय गर्ने तयारीमा निर्माता छन् । ‘एक्लो’को निर्मातामा राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, बागवीर पुन र नवीन सिवा छन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् । फिल्ममा बाबु श्रेष्ठको छायाङ्कन र राजु तामाङको द्वन्द्व निर्देशन छ ।