फिल्म ‘दयारानी’  ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज भएको छ । भ्यालेनटाइन डेको सन्दर्भ पारेर फिल्मलाई एपमा रिलिज गरिएको हो । ‘दयारानी’लाई माओत्से गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । यसमा दयाहाङ राई, दीया पुन र विजय बराल मुख्य भूमिकामा छन् । फिल्मले एक दम्पतीको बाँझोपनसँगको सङ्घर्षलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ । फिल्मले घरेलु बक्स अफिसमा २ करोड हाराहारीको व्यापार गरेको थियो ।
वेब ब्राउजरसहित एन्ड्रोइड र आइओएस मोबाइलहरू, स्मार्ट टिभीमा उपलब्ध रहेको ‘सिनेमाघर एप’मा फिल्म हेर्न चाहने दर्शकले भुक्तानीका लागि संसारभरबाट मास्टर कार्ड तथा भिसा कार्ड प्रयोग गर्न सक्नेछन् भने नेपाल र भारतबाट डिजिटल वालेट तथा क्युआर कोडको प्रयोग गर्न सकिन्छ ।