‘फेरि रेशम फिलिली’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरको पहिलो दृश्यले नै अमेरिका जान मुख्य पात्रले गर्ने संघर्षमा फिल्मको कथा केन्द्रित रहेको प्रष्ट पार्छ । निरोज महर्जनको कथा तथा निर्देशन रहेको फिल्ममा विनयसहित सुपुष्पा भट्ट, नीर शाह, कामेश्वर चौरसिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको अभिनय छ । यो फिल्म ९ वर्षअघि आएको ‘रेशम फिलिली’को सिक्वेल हो ।
यही फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा सुसन प्रजापतीको छायांकन, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन, रोहित शाक्यको ब्याकग्राउन्ड म्यूजिक, आकाश बरालको स्क्रिप्ट लेखन, शैलेश श्रेष्ठको साउन्ड डिजाइन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ । रौनक विक्रम कँडेलको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता सुरज बम ठकुरी तथा सह-निर्माता एनि थापा हुन् ।