फिल्म ‘यो मन त मेरो नेपाली हो’ आगामी असार २७ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माताले फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । नर प्रधान (मित्र)को निर्देशनमा तयार भएको फिल्ममा विजय र विल्सनसहित रोशन श्रेष्ठ, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवराज राजबंशी लगायतको अभिनय छ । फिल्ममा अभिनेताद्दय बिजय बराल र विल्सन बिक्रम राइ मुख्य भुमिकामा छन् ।ज्ञान बहादुर प्रधान (रोशन)को लगानी रहेको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद छ ।
निर्देशक प्रधान स्वयंको कथा रहेको फिल्ममा दीपक शर्मा, विकास चौधरी र तोरम्पाहाङ राईको संगीत, सौरभ लामाको छायांकन, बनिष शाहको सम्पादन, देव महर्जनको द्वन्द्व निर्देशन, रेनिश फागोको रंग संयोजन, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी छ । फिल्मको छायांकन नेपालको झापा र इलाम, भारतको सिक्किम र दार्जिलिङ तथा अमेरिकामा गरिएको हो ।