किङ्डम नेटवर्कले चलचित्र ‘२६ करोड’ बनाउने भएको छ । फिल्मको चर्चा चले संगै फिल्ममा अभिनेता प्रदिप खड्का र पल शाह हुने बुझिएको छ । रोहित अधिकारिको व्यानरबाट सुभाष भुषालले आफ्नो ब्यानरमा फिल्म गर्ने सम्झौता केहि दिन अगाडी गरेका थिए ।विकास सुवेदीको लेखनमा तयार भएको फिल्म ‘प्रकाश’ र ‘पूजार सार्की’ मा प्रदिप खड्काले काम गरेका छन्। ‘२६ करोड’ लाई विकासले नै निर्देशन गर्ने चर्चा रहेको छ। विकासले निर्देशन गरेमा यो उनको डेव्यु निर्देशकीय फिल हुनेछ।