फिल्म ‘ताण्डवम्’को रिलिज रोकिएको छ अत्याधिक हिंसात्मक दृश्य रहेकाले ती दृश्यलाई हटाएर ल्याउन भन्दै चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले मंगलबार सेन्सर रोकेको हो ।सेन्सर रोकिएसँगै आज बुधबारलाई फिल्मबनिर्माण टिमले आयोजना गरेको प्रिमियर शो समेत स्थगित गरिएको छ ।केही दृश्यहरु अत्याधिक हिंसात्मक भयो भन्दै फिल्म सेन्सरमा रोकिएको छ । फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ ।सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको फिल्ममा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । फिल्मको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् । फिल्म यही फागुन ९ बाट रिल्ज हुने तयारीमा थियो ।