निर्मला घिमिरे ‘निरु’को स्वरमा ‘तिमी आँखा म नानी’ बोलको गीत रिलिज भएको हो।सार्वजनिक गीतमा डाक्टर किराँतले संगीत दिएका छन् ,यस्तै यो गीतलाई शुभ मुकारूङले लेखेका हुन् । गीतमा सागर संसारले संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ गरेको छन ।गीतको भिडियो बाबुराम निरौलाको निर्देशनमा तयार पारिएको हो । भिडियोमा निर्देशक निरौलाले अभिनेत्री झरना रिसाल तथा मोडल रमेश चन्दलाई जोडी बाँधेका छ्न् ।
गीतमा नेपाली सिनेमाका चर्चित सिनेम्याटोग्राफर शिव ढकालको छायाँकन रहेको छ भने गरेको भिडियोलाई राम प्रदास चौधरीले संपादन गरेका छन् ।
रङ्ग एन पौडेल तथा निर्मला घिमिरे निर्माता रहेको भिडियोका कार्यकारी निर्माता रुमेश कटवाल रहेका छन् ।रमेश एमके पौडेलको प्रस्तुति रहेको गीतलाई बोधी एचडीको यूट्यू च्यानल मार्फत प्रजातन्त्र दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो ।