फिल्म ‘माग्ने राजा’को कलाकार टोलीमा विल्सन विक्रम राई पनि सामेल भएका छन् । मंगलबार निर्माताले विल्सनसँग लिखित सम्झौता गरेका हुन् । योसँगै फिल्ममा केदार र विल्सनको जुगलबन्दी पक्का भएको छ । दुवैले ७ वर्षपछि फिल्ममा सँगै काम गर्न लागेका हुन् । ऋषि लामिछानेको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि नै आर्यन सिग्देल, वर्षा सिवाकोटी, शिशिर वाङ्गदेल, शारदा गिरी, पुष्कर गुरुङ लगायतका कलाकार तय छन् । आरम्भ प्रडक्सनको प्रस्तुतिमा मुनाल घिमिरेले निर्माण गर्ने फिल्ममा नरेन्द्र मैनालीको छायांकन र सामीप्यराज तिमल्सेनाको पटकथा लेखन रहेको छ । फिल्मको यही महाशिवरात्रीको दिनदेखि छायांकन सुरु हुँदैछ ।