नायक नाजिर हुसेन र नायिका केकी अधिकारी अभिनित चलचित्र ‘राज्जा–रानी’को पहिलो गीत सार्वजनिक भएको छ । ‘चिप्पक..चिप्पक’बोलको उक्त गीत शुक्रवार साझ युट्युव मार्फत सार्वजनिक भएको छ ।
एक साता अघिमात्र टीजर सार्वजनिक गरिएको चलचित्रको सोही समय प्रदर्शन मिति तय गरिएको थियो । तराईको परिवेशमा बनेको गीतमा दीपक शर्माको सङ्गीत, राजेन्द्र थापाको शब्द रहेको छ भने नरहरी प्रेमी र सुमिना लोको स्वर रहेको छ । भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका हुन् ।
गीतमा चलचित्रका मुख्य कलाकार केकी र नाजिर फिचरिङ छन् भने दुवैलाई फरक रूपमा प्रस्तुत गरिएको छ । यम थापाको लेखन र निर्देशन रहेको चलचित्र राज्जा रानीलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।