फिल्म ‘भूठान : घर हराएको मान्छे’को टिजर सार्वजनिक गरिएको छ l सार्वजनिक टिजरमा कलाकार हरिवंश आचार्य भुटानी आप्रवासीको भूमिकामा प्रस्तुत छन् ।टिजरमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, जोयश पाण्डे, पूजा चन्द, ऋचा घिमिरे, हलिउड अभिनेता ब्रूस डर्न लगायत पनि प्रस्तुत छन् । अनुराधा मजुमदार, अदिति प्याकुरेल, टम क्रेन र विमल सुवेदीको पनि अभिनय रहेको फिल्मको अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम राखिएको छ । अमेरिकामा छायांकन भएको फिल्मको निर्मातामा अविरल थापा,राजेन्द्र ठकुराठी, अमिताव जोशी, सुशांक मैनाली र किर्तना बाँस्कोटा छन् ।

निर्देशक बिनोद पौडेलको निर्देशन रहेको फिल्म आगामी बैशाख १२ गतेबाट प्रदर्शनमा आउन लागेको हो ।  फिल्ममा सुसन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन, सम्बरन प्रेथु राईको संगीत तथा अन्जन गजुरेलको कला निर्देशन छ ।