सेन्सरमा समेत रोकिएको फिल्म ‘ताण्डवम्’ आजबाट प्रदर्शनमा आएको छ । निर्माताले १० मिनेट लामो दृश्य काटेपछि बिहीबार केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले पिजी सर्टिफिकेट प्रदान गर्दै फिल्मलाई प्रदर्शन अनुमति दिएको हो। यो फिल्म १६ वर्षभन्दा मुनिका बालबालिकाले अभिभावकको साथमा मात्र हेर्न पाउनेछन् ।फिल्मका निर्देशक तथा अभिनेता जुनिम गहतराजको यो डेब्यु निर्देशकीय फिल्म हो ।क्राइम-थ्रिलर जनरामा बनेको फिल्ममा जुनिम गहतराज, पुष्कर गुरुङ, प्रेम सुब्बा, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे लगायतको अभिनय रहेको छ । सिंहदेवी प्रोडक्सनले भिजुअल आर्ट्स स्टुडियोसँग निर्माणमा सहकार्य गरेको फिल्ममा धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम निर्माताको रुपमा छन् । हरि घले लामाको छायांकन रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, सुशान्त गौतमको संगीत तथा कोबिद बज्रको ब्याकग्राउन्ड म्युजिक छ । फिल्मको कथा, पटकथा एवं संवाद अनिरुद्ध आत्रेय र हुसेनले मिलेर लेखेका हुन् ।