फिल्म ‘कल्ली’को छायांकन सुरु गरिएको छ। फिल्मका लागि पहिलो सट उत्तम प्रधान, नाजिर हुसेन र वर्षा राउतले दिएका थिए । यसमा नाजिर र वर्षा श्रीमान्-श्रीमतीको भूमिकामा देखिँदैछन् । ३५ दिनको सेड्युलमा फिल्मको छायांकन काठमाडौंपछि जुम्ला जिल्लामा हुनेछ ।लक्ष्मण सुनारले निर्देशन रहेको फिल्ममा सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी, बेगम नेपाली लगायतको पनि अभिनय रहनेछ । लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको फिल्ममा हिमाल कडरिया र अमलादेवी राईको लगानी छ । फिल्मको प्रस्तुतकर्ता किरण नेपाली हुन् । महेश दवाडीको लेखन रहेको फिल्ममा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन् । निसाल पौडेलले फिल्मको छायांकन गरिरहेका छन् ।