भोली  महाशिवरात्रिको अवसरमा प्रदर्शन हुन लागेको फिल्म ‘रेशम फिलिली’ ,`लाज शरणम्´ र `मायावी´ को बुकिङ खुलेको छ।‘रेशम फिलिली’ देशभर ८६ शो प्राप्त गरिसकेको छ। फिल्ममा सिनेमामा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, सजन थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ।कुमार कट्टेलको निर्देशनमा तयार भएको ‘लाज शरणम्’मा सितारामसहित विजय बराल, अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, सागर लम्साल, हरिष निरौला, कमलमणि नेपाललगायतको अभिनय छ । ‘लाज शरणम्’ले आईएनआईमा १५ शो पाएको छ । विग मुभिजमा ५, एफक्यूब सिनेमाजमा ४, बीएसआरले ४ शो पाएको छ । वान सिनेमाजमा ९ शो पाएको छ । `मायावी’ले काठमाडौंमा क्यूएफएक्समा २० शो पाएको छ । आईएनआईमा १० शो पाएको छ । वान सिनेमाजमा ६ शो पाएको छ । ‘मायावी’लाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् । यसमा पल शाह र दिपीका प्रसाईं मुख्य भूमिकामा छन् ।