रिलिज मिति नजिकिदै गर्दा ‘आउटलः दफा २१९’ फ  निर्माण टिमले दर्शकका लागी एक प्रतियोगिताको आयोजना गरेको छ। यसको निर्माणपक्षले ‘न्याय’ शिर्षकमा ‘र्याप प्रतियोगीता’ आयोजना गरेको छ । स्याडो पिक्चर्स र रिट्रो फिल्मस्को प्रस्तुतिमा बनेको यो चलचित्रको ‘र्याप प्रतियोगीता’ मा सहभागी हुन चाहनेले ‘न्याय’ शिर्षकमा र्याप गीत तयार पारेर पठाउन सक्नेछन् ।प्रतिस्पर्धीले गीत लेखेर त्यसलाई रेकर्ड गराएर भिडियो पठाउन सक्ने निर्माण टिमले बताएको छ । प्रतिस्पर्धीले पठाएको भिडियो चलचित्रको सामाजिक संजाल एकाउन्टमा पोष्ट गरिनेछ । सर्वाधिक धेरै लाइक र भ्यूज प्राप्त गर्न सफल प्रतिस्पर्धीले पुरस्कार प्राप्त गर्ने निर्माणपक्षले बताएको छ । विजेताले उक्त गीतको म्युजिक भिडियो निर्माणका लागि १ लाख नगद प्राप्त गर्नेछन् । गीतले दर्शकको साथ पाएको खण्डमा विजेताले भिडियो पनि निर्माण गर्न सक्ने निर्माणपक्षले बताएको छ । 

फागुनको २३ गतेसम्म गीतको भिडियो तयार पारेर पठाउनुपर्नेछ । विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय छ । विनोद कठायत कार्यकारी निर्माता र विकास चौधरी सह–निर्माता रहेको चलचित्रमा नविन गुरुङको छायांकन, साहिल खानको सम्पादन, चुल्ठे काजीको एक्सन रहेको छ।