कलाकार तथा निर्देशक अशोक शर्मा नया फिल्मको तयारीमा छन् उनले फिल्म ‘डबल ट्रिपल’ उनले निर्देशन गर्न लागेका हुन् । फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, केकी अधिकारी, मिरुना मगर, विल्सन विक्रम राई, उदय सुब्बा, राजाराम पौडेल लगायतको अभिनय रहनेछ ।
अशोक शर्मा र राजेश सिटौलाको कथा तथा पटकथा लेखन रहेको फिल्मको गीतमा शम्भुजित बाँस्कोटाले संगीत भर्नेछन् भने आलोक शुक्लाको छायांकन रहनेछ । मनोज पण्डित स्क्रिप्ट डक्टर रहेको फिल्मको संवाद शान बस्न्यातले लेखेका हुन् ।किरण शर्मा पौडेल, अंकित शर्मा र कीर्ति शर्मा निर्मातामा रहेका छ्न् आगामी वर्षको दशैंको फूलपातीमा फिल्म प्रदर्शन हुने पोस्टरमा उल्लेख छ ।