फिल्म ‘माग्ने राजा´ आजबाट  फ्लोरमा गएको छ ।  ऋषि लामिछानेको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि नै केदार घिमिरे , विल्सन विक्रम राई ,आर्यन सिग्देल, वर्षा सिवाकोटी, शिशिर वाङ्गदेल, शारदा गिरी, पुष्कर गुरुङ लगायतका कलाकार रहेका छ्न् । आरम्भ प्रडक्सनको प्रस्तुतिमा मुनाल घिमिरेले निर्माण गर्ने फिल्ममा नरेन्द्र मैनालीको छायांकन र सामीप्यराज तिमल्सेनाको पटकथा लेखन रहेको छ ।