गायक जोडी अस्मिता अधिकारी र महेश काफ्लेको प्रेम अन्नतः विवाहमा परिणत हुने भएको छ ।उनीहरुले यही फागुन २२ गते विहीबार लगनगाँठो कस्दै छन् ।गएको असारमा दुबईमा इन्गेजमेन्ट गरेका यी दुईको जोडी विवाह गर्न लागेका हुन् । दुबईस्थित संसारकै अग्लो भवन बुर्ज खलिफाअगाडि औठी साटासाट गरिरहेको (इनगेजमेन्ट) तस्विर सार्वजनिक गरेपछि दुबैका फ्यानहरु आचार्यचकित भएका थिए ।पछिल्लो समय दर्शक श्रोताको रोजाईमा पर्ने जोडी गायक गायिका विभिन्न पर्व, मेला र कन्सर्टमा सँगसँगै गीत गाउने गरेका छन् ।उनीहरुको वैवाहिक समारोह काठमाडौंमा हुन लागेको हो ।