फिल्म ‘अञ्जिला’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरमा फुटबल खेलाडी बन्न एन्जिलाले गरेको संघर्षदेखि गाउँबाट काठमाडौं आएपछि फुटबल टोलीको कप्तान हुँदासम्मको कथा समेटिएको छ ।फिल्ममा एन्जिलाले नै आफ्नो भूमिकामा अभिनय गरेकी छन् । यही फागुन २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ लगायतको पनि अभिनय छ । फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठ हुन् भने सह-निर्माताको रुपमा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया छन् । यो फिल्मबाट हुने आम्दानीले कप्तान एन्जिलाका लागि काठमाडौंमा घर बनाइदिने निर्माता श्रेष्ठले घोषणा गरिसकेका छन् ।