सारङ्गी’ का निर्माताले नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् ।आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले साउन २४ गतेलाई प्रदर्शन मिति पनि तय गरेको छ।
विश्वभर हिन्दी र नेपाली भाषामा रिलिज हुने छ ।सेभेन सिज सिनेमाको प्रस्तुति रहने ‘चक्रव्यूह’ लाई सुशान्त गौतमले निर्देशन गर्ने छन् । मुकेश खनालले कथा लेखेका छन् । चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने सह-निर्मातामा रमेश चौलागाइ र हरि श्रेष्ठ रहेका छन् । चलचित्रका कलाकारको बारेमा निर्माण टिमले कुनै जानाकरी दिएको छैन।