फिल्म ‘जनै हराएको बाहुन’ आगामी वर्षको तीजमा रिलिज हुने भएको  भएको छ । आइतबार निर्माताले एक थिम पोस्टर सार्वजनिक गर्दै तीजलाई प्रदर्शन मिति घोषणा गरेका हुन् ।फिल्ममा विजयसँगै मनिष राउत, गौरव पहाडी, रियर राई लगायतको अभिनय रहनेछ । आमा र छोराबीचको भावनात्मक कथामा बन्न लागेको फिल्मलाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन् । उनले यही फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । फिल्मको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ फेम्ड अभिनेता मनिष राउत छन् ।
भानुभक्त ढकालको कथा, पटकथा तथा संवाद रहेको फिल्मले गाउँबाट आफ्नो सपना पूरा गर्न सहर पुगेको एक पात्रले भोग्नुपरेको अनपेक्षित परिस्थिति र त्यसले उसको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ । नवीन गुरुङको छायांकन रहने फिल्मको निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आर.के. मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ छन् ।