वेब सिरिज ‘ए घरबेटी बा’को पहिलो सिजनको ट्रेलर सार्वजनिक भएको छ ।कमेडी कथावस्तुमा तयार भएको सिरिजलाई अनुले निर्माण गरेकी हुन् भने दिनेश खड्काको कथा तथा निर्देशन छ । ट्रेलरमा सिरिजको कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पारिएको छ । सविनसहित एज रक्की, दिनेश खड्का एज एचडी र प्रकाश श्रेष्ठ एज धनकाजीको रुपमा देखिँदैछन् ।काठमाण्डौंमा कोठा भाडा लिएर बस्ने २ युवा र घरबेटीको कथालाई मुख्य आधार बनाइएको सिरिजमा मोनिका बुढाथेकी, सीताराम दाहाल, सुलेमान शंकर इकु लगायतका कलाकारहरुको अभिनय छ ।