अभिनेत्री पूजा शर्माले  ७५ लाख रुपैयाँ मूल्य पर्ने एलएस अटो ब्राण्डको विद्युतीय कार किनेकी छन् । आफू यो गाडी किन्ने नेपालकै पहिलो ग्राहक भएको उनको भनाइ छ ।सुरक्षित र आरामदायी भएकाले यो ईभी गाडी किनेको पूजाले बताएकी छन् । हुन त उनी धेरै गाडी फेर्ने कलाकारमध्ये पर्छिन् । नयाँ गाडी उनको चौंथो हो । २१ वर्षदेखि नै गाडी हाँक्न थालेको बताउने उनले यसअघि हुन्डाई र फर्ड ब्राण्डका कार चलाइसकेकी छन् ।अहिले आफ्नो साढे ७ को दशा चलिरहेको र त्यो दशा बैशाखमा सकिने भएकाले त्यसपछि मात्र कामहरू अघि बढाउने उनले बताइन् । ‘मेरो साढे सातको दशा रैछ । बैशाखदेखि सकिन्छ र राम्रोसँग ट्याकमा हिँड्छु । बैशाखदेखि धेरै चीज गर्दैछु’ उनले भनिन् । विवाह पनि २०८२ सालभित्रै गर्ने उनको कुरा छ ।‘थ्री लभर्स’बाट फिल्ममा डेब्यु गरेकी पूजाको पछिल्लो फिल्म ‘रावायण’ थियो जुन बक्सअफिसमा सफल हुन सकेन । उनी यसमा कलाकार र निर्मात्रीको रुपमा थिइन् ।