फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । अभिनेत्री लक्ष्मी गिरीले गम्भीर भावमा वाचन गरेको कविताको अंशबाट सुरु भएको टिजरमा एउटा परिवारको कथालाई प्रस्तुत गरिएको छ lसुदीप भुपाल सिहं फिल्म रेञ्जको ब्यानरमा रुबी सेन सिंहको निर्माण रहेको फिल्ममा लक्ष्मीसँगै आशीर्वाद क्षेत्री, निकिता आचार्य, रोशनी कार्की, राजन इशान, प्रतिकराज आचार्य, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की लगायतको अभिनय छ ।फिल्ममा निर्देशक सिंह स्वयंको लेखन छ भने सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन छ । फिल्मको मकवानपुर, मुस्ताङ, बाग्लुङ, कास्की, दमौली र काठमाडौंमा छायांकन गरिएको हो । रञ्जीत गजमेर र बसन्त सापकोटाले फिल्मको गीतमा संगीत दिएका छन् ।