आज शुक्रवार बाट सिनेमा ‘होस्टेल ३’ रिलिज भएको छ । नेपालकै सबैभन्दा ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्स सिनेमाजमा करिब ८० शो, दोस्रो ठुलो चेन आइएनआइ सिनेमाजमा १५ शो तथा वन सिनेमाजमा ९ शो, बिग मुभिजमा ५ शो र एफक्युब सिनेमामा ५ शो, बिएसआर सिनेमाजमा ४ शो सिनेमालाई दिएका छन् ।बुधवार साँझसम्म देशभर करिब १२० शो अग्रिम बुकिङ सुरु भएको छ ।सशान कँडेलले निर्देशक गरेको सिनेमाको मुख्य भूमिकामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायत रहेका छन् । अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि सिनेमामा रहेका छन् ।माधव शर्माले लेखन तथा एसोसियट निर्देशनको जिम्मेवारी सम्हालेका छन् । सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी निर्माता तथा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर सहनिर्माता र शंकर कोइराला कार्यकारी निर्माता रहेको सिनेमाका लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री हुन् ।सिनेमामा अर्जुन तिवारीको डिओपी, विकास दाहालको सम्पाद, हिमाल केसीको एक्शन निर्देशन, अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको संगीत, प्रवीण सिंह र रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ । सिनेमाको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्मस् र उपत्यका बाहिर आरआर फिल्मस्ले गर्नेछन् ।