चलचित्र ‘आउटलः दफा २१९’ को ओएसटी सार्वजनिक गरिएको छ । ‘अन्धो कानुन’ बोलको गीतले नेता र सरकारमाथि आक्रोश पोखेको छ । र्यापर मिस्टर डीले तयार पारेको यो गीतमा उनकै र्याप र संगीत छ । नितु पुनले पनि गीतमा स्वर दिएकी  भिडियोमा दिर्घ धामीको कन्सेप्ट, सम्पादन र निर्देशन छ । सलिनाको कार्यकारी निर्देशन रहेको गीतको भिडियोमा सलिना सुनार र साजेश बलामी पनि निर्देशन टिममा छन् । राजेश कुटुको यसमा कोरियोग्राफी छ । नविन गुरुङले यो भिडियो खिचेका हुन् ।सार्वजनिक गीतलाई दर्शकले निकै मन पराएका छन् । यो गीतमा एउटै व्यक्ति बारम्बार सरकारमा गएको, जनतामाथि अन्याय गरेको, बलात्कारीलाई संरक्षण गरेको लगायतका शब्द बुनिएको छ । चलचित्रलाई विक्की महर्जनले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा अमित अग्रहरी र निशा गुइडेको लगानी छ । विक्की महर्जन र दिर्घ धामीको पटकथा रहेको चलचित्रमा विनोद कठायत कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रमा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेममान गुरुङ, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, आयन परियारको अभिनय छ । चुल्ठे काजीको एक्सन रहेको चलचित्रमा साहिल खानको सम्पादन छ ।चलचित्र फागुन २९ बाट प्रदर्शनमा आउदै छ ।