काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सोमबार क्युएफएक्स हलमा फिल्म 'लाज शरणम्' हेरेका छन्। फिल्ममा उनले गाएको 'नेपाल हाँसेको' गीतको धेरै चर्चा भएको थियो। फिल्म हेरेपछि बालेनले धुर्मुसलाई अँगाल्दै उत्कृष्ट काम गरेको भन्दै खुसी व्यक्त गरे। “यस्तो डिटेल दिनुभा’छ नि ! कस्तो डिटेल दिया हो ? लास्टै दामी । लास्टै मजा आयो ।” उनले थपे, "हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने चाहना राख्दछु र हेरिरहँदा निकै मज्जा आयो।"कुमार कट्टेलको निर्देशनमा बनेको फिल्ममा सितारामसहित महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापालगायतका कलाकार मुख्य भूमिकामा छन् ।