नायक विराज भट्टले अर्को एक फिल्म साइन गरेका छन् । विराजले नय फिल्म ‘राम नाम सत्य’ साइन गरेका हुन् । फिल्मका निर्देशक माइकल चन्द र नायक विराज भट्टविच सोमबार कागजी संझौता भएको छ । म्युजिक भिडियो निर्देशन गर्दै आएका माइकल चन्दले यो फिल्मको निर्देशन गर्न लागेका हुन् । फिल्ममा कथा पनि उनको नै छ । फिल्मको छायांकन आउँदो वर्षबाट सुरु गर्ने योजना माइकलको छ । फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने पक्का भइसकेको छ । फिल्ममा उत्तम गुरुङ, उपेन्द्र शाही र स्वेता विमलीको लगानी रहनेछ । नरेन्द्र शाह र सन्तोष अर्याल फिल्मका कार्यकारी निर्माता हुन् । यो फिल्मलाई एक्सन, लभ स्टोरी, कमेडीको कथामा निर्माण गरिनेछ । फिल्मका लागि अन्य कलाकार एकपछि अर्को रुपमा जानकारी दिँदै जाने योजना निर्माणपक्षको छ ।