फिल्म ‘हेल्लो काशीराम’ आगामी जेठ २ गतेबाट प्रदर्शनमा आउने भएको छ । प्रदर्शन मितिसहित सोमबार निर्माण टिमले फर्स्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ, जसमा अभिनेता दीलिप रायमाझीले काँधमा बोको बोकेर हिँडिरहेको देख्न सकिन्छ । रिम विश्वकर्माको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा दीलिपसहित सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई (फुलन्देको आमा), अर्जुन गुरुङ (भँगेरी डन), नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु लगायतको अभिनय रहेको छ भने अभिनेत्री प्रियंका कार्की अतिथि भूमिकामा छिन् ।रेडलाइन फिल्म्सको ब्यानरमा पि.बी. थापाले फिल्मको निर्माण गरेका हुन् । यसमा यम आलेको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शंकर महर्जनको द्वन्द्व निर्देशन, मित्र डि. गुरुङको सम्पादन, नरेन्द्र वियोगी र विपिन आचार्यको संगीत संयोजन तथा शाश्वत श्रेष्ठको पार्श्व संगीत रहेको छ ।