फिल्म `अन्जिला´ लाई काठमाडौ प्रिमियरमा रुचाइएको छ   । प्रिमियरमा उपस्थित सबैले फिल्मको खुलेर प्रशंम्शा गरेका थिए । सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्यालले ‘अञ्जिला’ नयाँ पिँढीको लागि प्रेरणा हुने बताए । उनले भने, ‘हामीले सधैँ एन्जिलाको खेल देख्यौँ, उनको क्याप्टेनशिप देखेका थियौँ तर, एन्जिला हुनुमा उनले कति सङ्घर्ष गरेको रहेछ  बताएकी छन्   

प्रिमियरमा पूर्व आइजिपी दुर्जकुमार राई, पूर्व पुरुष राष्ट्रिय फुटबल टिमका कप्तान तथा एन्फाका पूर्व अध्यक्ष गणेश थापा, एन्फा महासचिव किरण राई, अभिनेत्रीहरू केकी अधिकारी र अलिशा राई, निर्देशकहरू ज्ञानेन्द्र देउजा, नवल नेपाल लगायतको उपस्थिति रहेको थियो । साथै, प्रिमियरमा फिल्मको तर्फबाट अभिनेता दयाहाङ राई, निर्देशक मिलन चाम्स, निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, सह-निर्माता विनोद अग्रवालको उपस्थिति रहेको थियो । मिलन चाम्सको निर्देशन रहेको फिल्ममा एन्जिला र दयाहाङसहित प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ लगायतको अभिनय छ । एन्जिलाको फुटबलप्रतिको चाहना, घरबाहिर निस्कन गरेको सङ्घर्षदेखि काठमाडौं आएर राष्ट्रिय टिमको कप्तान बन्दासम्मको कथा फिल्ममा छ । निर्माता श्रेष्ठले फिल्मको आम्दानीबाट एन्जिलाका लागि काठमाडौंमा घर बनाइदिने घोषणा गरिसकेका छन् ।