फिल्म ‘महाभोज’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म आउँदो वर्षको जेठको १५ गतेबाट रिलिजमा आउने पक्का भएको छ ।पोस्टरमा नायकत्रय आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने र नायिकात्रय अञ्जना बराइली, मलिका महत र गौमाया गुरुङलाई देख्न सकिन्छ । उनीहरुको अनुहारमा पीडा, आक्रोश र गम्भीर भाव देखिन्छ । दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्ममा वसुन्धरा भुसाल, मोहन निरौला, वुद्दि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारहरुको अभिनय छ ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यो फिल्ममा हिमाल कडरियाको लगानी छ । विकास सुवेदीको स्क्रिप्ट रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।