शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘मेला’ले सुखद व्यापार गरेको छ । चलचित्रका निर्माता हरि पन्तले दिएको जानकारी अनुसार शनिवार काठमाडौँको सिंगल थिएटरमा मेलाले राम्रो व्यापार गरेको बताउन्छन् ।

 

मल्टिप्लेक्समा खासै राम्रो कमाई नगरेको चलचित्रले गोपिकृष्ण, अष्टनारायण, गङ्गा, कंलकी, गुण लगायतका हलमा सुखद कमाई गरेको निर्माण पक्षको दाबी छ । शुक्रवार एकसाथ चार चलचित्र ‘मेला’, ‘तान्द्रो’, ‘रोमियो’, ‘सकस’ प्रदर्शनमा आएका थिए । व्यापारिक दृष्टिकोणमा हेर्ने हो भने मेला अगाडी छ ।

 

चलचित्र मेलालाई वसन्त निरौलाले निर्देशन गरेका हुन् । चलचित्रमा आमेश भण्डारी, अशिष्मा नकर्मी र सलोन बस्नेतको मुख्य भूमिका रहेको छ । चलचित्रको कमेडी पाटो र समाजमा हुने गरेका घटनलाई प्रस्तुत गरिएको शैलीलाई दर्शकले मन पराएको निर्माता पन्त बताउन्छन् ।