गायक तथा अभिनेता प्रकाश सपुत नयाँ फिल्म ‘परालको आगो’ सम्झौता गरेका छन् । निर्माण कम्पनी हरि ओम सिने मेकर्सले बिहीबार फिल्मको मुख्य भूमिकामा उनलाई अनुबन्ध गरेको जानकारी गराएको हो । निर्माता सुशील पोखरेलका अनुसार उनी फिल्मका प्रमुख दुई पात्रमध्ये एक हुन् । यसअघि फिल्ममा अभिनेता जितु नेपाल र अभिनेत्री सुहाना थापा भित्रिसकेका छन् ।लक्ष्मण सुनारको निर्देशन रहने यो फिल्म गुरुप्रसाद मैनालीद्वारा लिखित ‘परालको आगो’ कथामाथि आधारित भएर बन्न लागेको हो । उक्त कथामा श्रीमान्-श्रीमती चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ । २०८२ सालमा प्रदर्शन गरिने फिल्ममा सुशील देवकोटाको लेखन रहेको छ