फिल्म ‘डोरी’को ट्रेलर सार्वजनिक गरिएको छ ।  कमेडी, थ्रिल र हरर दृश्यहरू समेटिएको ट्रेलर रोचक बनेको छ ।अरुण लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छन् । उनीसहित फिल्ममा अञ्जना बराइली, प्रवीण खतिवडा, शिशिर बाङ्देल, कविता आले, प्रकाश घिमिरे, साजन श्रेष्ठ, बिरेन्द्र सिंह कुशवाहा, राज पौडेल, राज थापा, नूतन, शारदा अधिकारी, रामबाबु रेग्मी लगायतको अभिनय छ ।


फिल्मका निर्माता दिनेश भट्टराई तथा कार्यकारी निर्माता राज थापा हुन् । मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको फिल्ममा मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, कला निर्देशक रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ तथा रङ्ग संयोजक रेनिश फागो छन् । फिल्मको यसअघि ‘चुच्चे ढुङ्गो’ बोलको गीत सार्वजनिक भैसकेको छ ।