मिस नेपाल भएपछि फिल्म ‘साङ्लो’बाट अभिनय करिअर सुरू गरेकी अभिनेत्री निकिता चाण्डकले बलिउडमा पाइला चालेकी छन्। उनली भारतका चर्चित निर्देसक सन्जय लिला भन्साली संग सहकार्य गर्न लागेकी हुन् ।निकिताले मंगलबार आफूले गरिरहेको भारतीय प्रोजेक्ट बलिउड निर्देशक सञ्जय लीला भन्सालीको रहेको जानकारी गराएकी छन् । उनले निर्देशक भन्सालीसँगको एक तस्वीर सामाजिक सञ्जालमा सेअर गर्दै लेखेकी छन्, ‘सञ्जय लीला भन्साली सरको दुनियाँको एउटा सानो हिस्सा बन्न पाएकोमा एकदमै आभारी र उत्साहित छु । भारतमा मेरो पहिलो प्रोजेक्ट योभन्दा राम्रो अरू हुन सक्दैन ।’

उनले निर्देशक भन्सालीसँग सहकार्य गरेको प्रोजेक्ट कुन हो भन्ने खुलाएकी छैनन् । यतिबेला भन्सालीले अभिनेताद्वय रणवीर कपूर, विक्की कौशल र अभिनेत्री आलिया भट्टलाई लिएर २ सय करोडमा नयाँ फिल्म ‘लभ एन्ड वार’ बनाइरहेकाले उनले यसैमा अभिनय गरेको हुनसक्ने अनुमान गरिएको छ । अभिनेत्री मनिषा कोइरालापछि  निकिता भन्साली संग सहकार्य गर्ने दोश्रो नेपाली कलाकार हुन् ।