अभिनेता निखिल उप्रेती ६ वर्षपछि फिल्म अभिनयमा फर्किने भएका छन् । पछिल्लो पटक ‘भिलेन’ (२०१९) मा देखिएका उनले फिल्म ‘आचार्य’बाट कमब्याक गर्न लागेका हुन् । यसको निर्देशन उनी आफैंले गर्न लागेक हुन्न ।  ‘भैरव’ (२०१५)पछि उनले दोस्रो पटक फिल्म निर्देशन गर्न लागेका हुन् ।
 फिल्ममा निखिल र सञ्चिताको जोडी बाँधिनेछ । यो उनीहरुको एक दशकपछिको सहकार्य हुनेछ । विवाहअघि उनीहरुले ‘दाग’, ‘माया त माया हो’, ‘विजयपथ’, ‘सम्झना’ जस्ता फिल्ममा एकसाथ काम गरेका थिए । उनीहरुलाई फेरि पर्दामा हेर्न दर्शकका लागि पनि रोचक हुनेछ ।

तीन महिनाअघि निखिलले एक अन्तर्वार्तामा नयाँ फिल्मको छायांकन आगामी जेठबाट सुरु गर्ने बताएका थिए । उनले भनेका थिए, ‘म जेठबाट नयाँ फिल्मको छायांकन गर्छु होला । यो द्वन्द्व (एक्सन)मा आधारित फिल्म हुनेछ । यसको मतलब फिल्ममा सिर्फ द्वन्द्व छैन । पहिला चाहिँ म सिर्फ द्वन्द्व गर्थेँ । र, मैले गर्ने द्वन्द्वमा कथा हालिन्थ्यो । अब मैले बनाउने फिल्मको कथामा चाहिँ द्वन्द्व हुन्छ ।’यसअघि ‘आचार्य’ शीर्षकमा गायक भक्तराज आचार्यको बायोपिक बनेको थियो ।