निर्देशक तथा कलाकार अशोक शर्माका छोरापछि अब छोरीले पनि अभिनय करिअर सुरु गरेकी छन् । छोरी कृति शर्माको म्यूजिक भिडियोबाट अभिनयमा डेब्यु भएको हो । कृतिको पहिलो म्यूजिक भिडियो ‘रिटिङ् र्याइँर्याइँ’ बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो ।बसन्त थापा र एलिना चौहानको स्वर, राजेन्द्र थापाको शब्द रचना र गायक थापा स्वयंको संगीत रहेको ‘रिटिङ् र्याइँर्याइँ’ गीतको भिडियोमा कृति मोडल सुनिल क्षेत्रीसँग नृत्य गर्दै देखिएकी छन् । उनले आगामी दिनमा राम्रो म्यूजिक भिडियोबाट प्रस्ताव आएको खण्डमा अभिनयलाई निरन्तरता दिने बताएकी छन् । तर, आफ्नो सपना भने फिचर फिल्म निर्देशन गर्नु रहेको उनको भनाइ छ ।
कृतिले यसअघि ‘पानीफोटो’ र ‘रातो टीका निधार’मा सहायक निर्देशक भएर काम गरिसकेकी छन् । अमेरिकामा फिल्म मेकिङमा ब्याचलर सकाएर नेपाल फर्किएकी उनलाई पिता अशोक शर्माले ‘अल्लारे २’को निर्देशनको जिम्मेवारी सुम्पिएको चर्चा पनि चलेको थियो । ‘रातो टीका निधारमा’को पोस्ट क्रेडिटमार्फत उक्त फिल्म घोषणा गरिएको थियो । तर, यो फिल्म निर्माण हुन सकेको छैन