निश्चल बस्नेतले आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘महाभोज’का लागि उनले गीत रेकर्ड गराएका छन् उनले ‘लालुमै’ शीर्षकको गीत रेकर्ड गरेका हुन्, जसमा हर्क साउदको शब्द रचना तथा केतन क्षेत्रीको सङ्गीत रहेको छ । निश्चलले गाएको गीत फिल्ममा कथावाचनको रुपमा रहने जनाइएको छ ।फिल्मका निर्देशक दिनेश राउतले उक्त गीतका लागि निश्चलको आवाज नै उपयुक्त भएका कारण उनलाई रोजिएको बताए । उनले भने, ‘आठ वर्षअघि मैले ‘पर्व’को ‘काले दाई’ गीत निश्चललाई गाउन लगाउँदा एक अलग अनुभूति आएको थियो । अहिले ‘लालुमै’मा पनि फरक भोकल टोन आवश्यक परेकाले निश्चललाई नै लिएको हुँ ।’
विकास सुवेदीको लेखन रहेको फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ लगायतको अभिनय छ । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको निर्माणमा तयार भएको फिल्मका निर्माता हिमाल कडरिया हुन् । यसमा राजेश श्रेष्ठको छायांकन छ ।