फिल्म ‘मोहर’ नेवार समुदायले मनाउने गाईजात्राको छेको पारेर प्रदर्शनमा आउने भएको छ । आगामी साउन २५ गते परेको गाईजात्राको विदालाई लक्षित गर्दै साउन २३ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्ममा पल शाह र बेनिशा हमाल मुख्य भुमिकामा रहेका छ्न्।ओम प्रतिकको निर्देशनमा तयार भएको फिल्ममा अर्जुन जंग शाही मिथिला शर्मा, लक्ष्मी गिरी, रविन्द्र झा लगायतको पनि अभिनय छ । यो निर्देशक प्रतिकको ७ वर्षपछिको कमब्याक फिल्म हो । उनी निर्देशित पछिल्लो फिल्म ‘बटरफ्लाई’ सन् २०१८ मा रिलिज भएको थियो । त्यसअघि उनले ‘यो कथा हो तिम्रो मेरो’, ‘फर्की आउँ’ जस्ता फिल्म निर्देशन गरेका थिए ।
निर्देशक प्रतिक स्वयंको लेखन तथा दिपेन बस्न्यातको छायांकन रहेको फिल्मका निर्माता चुम्बन जंग शाही हुन् । दाङ, प्युठान, रोल्पा, अर्घाखाँची लगायतका ठाउँमा छायांकन भएको फिल्ममा सुरेश अधिकारी र एसडी योगीको संगीत तथा कुमार महर्जनको द्वन्द्व निर्देशन छ । मोहरको अर्थ पचास पैसाको सिक्का भन्ने हुन्छ । यसले फिल्मको कथा पाँच दशकअघिको हुनसक्ने बुझाउँछ ।