अभिनेत्री स्वस्तिमा खड्का, प्रियंका कार्की,नीति शाह, सृष्टि श्रेष्ठ, आना शर्मा,नम्रता श्रेष्ठ, मिसनेपाल प्रतियोगीता प्रियंका रानी जोशी, मिस्टर नेपाल
समर्पण जङ्ग कार्की, मोडल सविता कार्की, सोफियाभुजेल, आस्था पोखरेल लगायतका चर्चित सेलिब्रेटी एउटैर्याम्पमा प्रस्तुत भएका छन् । शुक्रबार साँझ आयोजित१४औँ संस्करणको जोय ‘आइइसी डिजाइनर रनवे’नामक फेसन शोमा उनीहरु शो टपरको रुपमा विभिन्नआकर्षक पहिरनसहित र्याम्पमा प्रस्तुत भएका हुन् ।जोय कस्मेटिक नेपालको प्रस्तुति रहेको शोमा ५०डिजाइनरले डिजाइन गरेका बिभिन्न पहिरनका आकर्षकडिजाइन सेलिब्रेटीको अलवा मोडलहरुले बिभिन्न १२सिक्वेलमा प्रस्तुत गरेका थिए ।भारतको चर्चित अन्तर्राष्ट्रिय कोरियोग्राफर यतिन नरेन्द्रगान्धीको समेत सहभागिता रहेको दारबारमार्ग स्थित होटल याक एण्ड यतिमा आयोजना भएको शोको म्यानेजमेन्ट जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले गरेको हो । शोमा आइसी कलेजका २०२३ ब्याजका १०२ जनाविद्यार्थी डिजाइनरहरुले तयार पारेका फरक फरकपहिरनका डिजाइनहरु २५ सिक्वेलमा प्रस्तुत हुनेछ ।आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजाअधिकारीले ‘आइइसी डिजाइनर रनवे’को मुख्यउद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु रहेको बताइन् ।बिगतका बर्षमा एक दिन आयोजना भएको यसबर्ष अझैभब्य रुपमा दुई दिन आयोजना गरिएको हो ।