फिल्म ‘ताण्डवम्’का निर्देशक जुनिम गहतराजले दोस्रो फिल्मको रुपमा ‘हे माया’ निर्देशन गर्ने भएका छन् । आगामी जेठबाट छायांकन सुरु हुन लागेको फिल्मको मंगलबार निर्माण घोषणा गरिएको हो । फिल्मलाई दीपक लम्सालले निर्माण गर्नेछन् ।निर्माता लम्सालका अनुसार फिल्ममा कलाकारहरु निश्चित भएका छैनन् । यद्यपि, धेरै कलाकारसँग मौखिक सहमति भइसकेको उनले बताए । फिल्ममा अहिलेका चल्तीका कलाकारहरुको नै अभिनय रहने उनको भनाइ छ । रियल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा चक्रपाणी सांखीको पटकथा तथा संवाद छ ।