निर्देशक दीपेन्द्र के. खनालको ‘के घर के डेरा : घर नम्बर २’  एक हप्ता अगाडि सरेको छ । अर्थात् जेठ २ गतेबाट प्रदर्शनमा आउने भएको छ ।यो फिल्मको रिलिज प्रि-पोन्ड हुनुको मुख्य कारण ‘महाभोज’ हो । यो फिल्म जेठ १५ गतेबाट प्रदर्शनमा आउँदैछ । यसका दुई मुख्य कलाकार आर्यन सिग्देल र खगेन्द्र लामिछानेको ‘घर नम्बर २’मा पनि अभिनय छ । यो फिल्म एक हप्ता अगाडि सर्दा जेठ ९ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा अवतार’लाई ठूलो राहत मिलेको छ । ‘के घर के डेरा २’मा आर्यन र खगेन्द्रसहित निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतको अभिनय रहेको छ । ‘कर्नाली ब्लुज’, ‘एक्लो’, ‘उसले दिएको उमेर’ जस्ता उपन्यासका लेखक बुद्धि सागरको फिल्ममा लेखन छ । उनको लेखनमा बनेको यो पहिलो फिल्म हो । यसमा कृष्णबहादुर थापाको छायांकन छ ।