‘साइन्स फिक्सन’ फिल्म ‘एक्लो’की मुख्य अभिनेत्री बेनिशा हमालको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । उनलाई ‘क्वीन मारा’को रुपमा चिनाइएको छ । प्रदीप शाहीको निर्देशनमा तयार भएको फिल्ममा बेनिशासहित बेलायती अभिनेता जेमी बेकन, प्रदीप खड्का, विजय लामा, सुनील थापा, दीया पुन, दिनेश डिसी, कविता नेपाली, सुरज सिंह ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकारहरु जेमिन श्रेष्ठ, स्योन सविक सिंह लगायतको अभिनय छ ।यतिबेला फिल्मको लण्डनमा पोस्ट प्रोडक्सनको कार्य भइरहेको छ। आगामी तिहारमा फिल्मलाई रिलिज गर्ने तयारीमा निर्माण टिम छ । फिल्मका निर्माताहरु राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्मातामा विनोद सुवेदी ‘क्षितिज’ छन् ।